टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

सारांश

  • नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
  • आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए ।
  • काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो ।

२० कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो । यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।

बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको खड्काले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको खड्काले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला
लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
अर्यालले सम्हाले गृहमन्त्रीको पदभार
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
इनिशा ह*त्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन
इनिशा ह*त्याको छानविन गर्न माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ
टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
जापानमा बस्तीमा डढेलो प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा