सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
२२ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यकः मन्त्री सुडी

सारांश

  • महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउनका लागि हालको सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक रहेको बताउनुभएको छ ।
  • राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले सामाजिक सुरक्षा भत्ताको नाममा राज्यको खर्बौं रुपैयाँ खर्च भइरहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको प्रणाली नै गलत रहेको बताउनु भयो ।

२७ असार, काठमाडौं ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकको जीवन सुरक्षित, सम्मानजनक र गुणस्तरीय बनाउनका लागि हालको सामाजिक सुरक्षा प्रणालीमा आमुल सुधार आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्नेसम्बन्धी जरुरी महत्वको प्रश्ताव माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सामाजिक सुरक्षा भत्ताको नाममा राज्यको खर्बौं रुपैयाँ खर्च भइरहेपनि सामाजिक सुरक्षा भत्ता वितरणको प्रणाली नै गलत रहेको बताउनु भयो । उहाँले खर्बपति व्यापारी विनोद चौधरीका आमाबुबालाई पनि सामाजिक सुरक्षा भत्ता दिनुपर्ने व्यवस्थाले सामाजिक सुरक्षाको समस्या समाधान हुन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिकसम्बन्धी समस्या महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँगको मात्र समस्या होइन । यो स्वास्थ्य मन्त्रालयसँग पनि सम्बन्धीत छ । यो कानून मन्त्रालयसँग पनि सम्बन्धित छ र यो अर्थ मन्त्रालयसँग पनि सम्बन्धीत छ । त्यसकारणले म एक शब्दमा के भन्न चाहान्छु भने यदि हामीले जेष्ठ जनगरिकसम्बन्धी विधेयक ल्याउनुप¥यो भने हामी तीन महिना पहिलेसम्म तयार पार्न सक्दैनौं ।

हामीले सबैको राय, सुझाव समेत समेटेर ल्याउनुपर्ने भएको कारणले ढिला हुनसक्छ । धेरै माननीय सदस्यहरुले सामाजिक सुरक्षा भत्ता बढाउने कुरा गर्नुभएको छ । अहिले सरकारले खर्बौं रुपैयाँ सामाजिक सुरक्षा भत्ताको नाउमा व्यहोरिरहेको छ । तर व्यहोर्ने जुन पद्धति छ यहाँ वनोद चौधरीको आमा–बुबालाई पनि सामापजक सुरक्षा भत्ता दिनुपर्छ । एउटा अर्बपति व्यापारी छ उसले पनि सामाजिक सुरक्षा भत्ता उठाइरहेको छ । यसरी हुँदैन । जसलाई आवश्यक सामाजिक सुरक्षाको उसलाई आर्थिक सहयोग गर्नुपर्छ । यसमा सुधार नगरी हुँदैन ।’ मन्त्री सुडीले ज्येष्ठ नागरिकका समस्या स्वास्थ्य, कानून र अर्थ मन्त्रालयसँग समेत प्रत्यक्ष सम्बन्धित रहेको भन्दै मन्त्रालयहरूबीच समन्वय गरेर ऐन निर्माण गर्ने समेत बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
चारवटा संसदीय समितिको बैठक बस्दै
चारवटा संसदीय समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण गर्नेछ: गृहमन्त्री लेखक
भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य
भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य