सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
सवारी पास हुनेक्रममा पुल भासियोः नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

सारांश

  • पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा रातभर यातायात अवरुद्ध भएको थियो ।
  • तर, बिहान भने डाइभर्सन प्रयोग गरेर यातायात सञ्चालनको तयारी गरिएको छ ।
  •   प्रहरी कार्यालय नवलपुका अनुसार खोलामा पानी कम भएकाले वैकल्पिक बाटो बनाएर साना सवारी साधन सञ्चालन गरिएको छ ।

 

३० वैशाख, काठमाडौं –

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा सवारी पास हुनेक्रममा गिरुवारी खोलाको पुल भासिएको छ । पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा रातभर यातायात अवरुद्ध भएको थियो । तर, बिहान भने डाइभर्सन प्रयोग गरेर यातायात सञ्चालनको तयारी गरिएको छ ।  प्रहरी कार्यालय नवलपुका अनुसार खोलामा पानी कम भएकाले वैकल्पिक बाटो बनाएर साना सवारी साधन सञ्चालन गरिएको छ ।

तर, ठूला र धेरै लोड भएका गाडी भने बाटोमै रोकिएका छन् । यसअघि दुम्कीवासको फलामे पुल पनि भाँचिएको थियो । यसैगरी बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा पनि सडक अवरुद्ध भएको छ । वर्षाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?