पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

सारांश

  • भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ ।
  • बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककानुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले उक्त सडक पूर्ण रुपमा बन्द भएको छ ।

२६ असार, सिन्धुपाल्चोक।

भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककानुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले उक्त सडक पूर्ण रुपमा बन्द भएको छ ।

सडक माथिबाट आएको पहिरोले सडक बगाएको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको छ । सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स आउजाउ रोकिएका छन् । त्यसको मार बिरामी, यात्रुलाई परेको छ ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले पहिरोले बन्द भएको सडक सूचारु गर्न काम थालिएको बताउनुभयो । सडक डिभिजनले डोजर लगाएर सडक खुलाउन लागेको छ । सो बन्द सडक सञ्चालनका लागि भोटेकोशी गाउँपालिका आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिरहेको पालिका अध्यक्ष पासाङ नृर्पु शेर्पाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द
उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन
उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
ढकमक्क फुलेका गुलमोहरले पर्यटकलाई लोभ्यायो
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै
सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई गिज्याउने सिभिल अस्पतालको भिड
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसदलाई समर्थन जनाउँदै भन्यो– उपसभामुख पद संवैधानिक मर्यादाको प्रतीक
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
तोलामै दुई लाख १७ हजार नाघ्यो सुनको मूल्य
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते
उदयपुरमा जीप दुर्घटना ६ जनाको मृत्यु, ७ जना घाइते