मधेशमा पहिलोपटक प्रदेश सरकारबाटै सवारी चालक अनुमतिपत्र छपाइ, वितरण सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ७, २०८३
|
|
१६४ पटक हेरिएको
Shares
मधेशमा पहिलोपटक प्रदेश सरकारबाटै सवारी चालक अनुमतिपत्र छपाइ, वितरण सुरु

सारांश

  • मधेश सरकारको श्रम तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफै छपाएर वितरण सुरु गरेको छ ।
  • पहिलोपटक ३ हजार ८१ वटा लाइसेन्स छपाएर मन्त्रालयले वितरणका लागि प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो ।
  • मधेशमा आठ वटा यातायात व्यवस्था कार्यालय छन् ।

७ असोज, जनकपुरधाम । मधेश सरकारको श्रम तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफै छपाएर वितरण सुरु गरेको छ ।

पहिलोपटक ३ हजार ८१ वटा लाइसेन्स छपाएर मन्त्रालयले वितरणका लागि प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयलाई हस्तान्तरण गरेको हो ।

मधेशमा आठ वटा यातायात व्यवस्था कार्यालय छन् । पहिलोपटक वीरगञ्ज यातायात व्यवस्था कार्यालयका एक हजार १७२ वटा, जनकपुर यातायात व्यवस्था कार्यालयका ९३२ वटा, यातायात कार्यालय लहानका ४६० वटा, यातायात कार्यालय बर्दिबासका ३०३ वटा, गौर यातायातका ११९ वटा,  राजविराज यातायातका ५२ वटा, मलंगवा यातायातका ३२ वटा र यातायात कलैयाका ११ वटा छापिएका छन् ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शारदादेवी थापाले पहिलोपटक छापिएको लाइसेन्स यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वासुदेव मल्ललाई वितरणको लागि हस्तान्तरण गरेकी हुन् । हस्तान्तरण गरिएको लाइसेन्स सेवाग्राहीलाई जतिसक्दो चाँडो वितरण गर्न उनले निर्देशन दिइन् ।

मन्त्री थापाले अब मधेश सरकारले आफै छपाएर लाइसेन्स वितरण गर्ने भएकाले सेवाग्राहीले लामोसमय प्रतिक्षा नगर्नुपर्ने बताइन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयका निमित सचिव रञ्जित यादवसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
बाढी महाशाखाद्वारा काठमाडौँसहित २७ जिल्लामा ‘एल्लो अलर्ट’ जारी
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
दलित समुदायलाई आत्मनिर्भर बनाउन ‘सीपमूलक तालिम’
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक