तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
४१ पटक हेरिएको
Shares
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ

सारांश

  •   शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ ।
  • जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।
  • उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् ।

 

२९ चैत, दैलेख –

दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् ।  शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका–२, को लामिडाँडा जङ्गलबाट प्रहरीले अन्दाजी २० वर्षीय महिलालाई नियन्त्रणमा लिएको छ ।

जङ्गलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएको महिला सोही ठाउँको सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । ‘बच्चाको अवस्था सामान्य छ,’ उनले भने, ‘बाँकी अनुसन्धानबाट खुल्ला ।’ यद्यपि ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?