बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
बाबुआमाले लछारपछार गर्दा शिशुको मृ*त्यु

सारांश

  • नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ ।
  • स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
  • मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।

९ वैशाख, नवलपरासी ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ । स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।

मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए । शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
सिन्धुली र रामेछाप जोड्ने खैरेनीघाटमा बेली ब्रिज जडान हुँदै
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण, ९ जनाको मृत्यु
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने पक्राउ
सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी
सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा
राजेश हमालको निर्देशनमा फिल्म बनाउने भन्दै भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा