कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कैलालीमा सर्पले टोकेर बालकको मृ*त्यु, नहरमा डुबेर बालिका बेपत्ता

सारांश

  • कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ भने एक बालिका नहरमा डुबेर बेपत्ता भएकी छन् ।
  • नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए ।

२ वैशाख,  धनगढी ।

कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ भने एक बालिका नहरमा डुबेर बेपत्ता भएकी छन् । नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ । यस्तै, लम्कीचुहामा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीया खुसी वादी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
रवि लामिछानेकोे चुनावि खर्च ९ लाख ८९ हजार
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु,  ६ जना घाइते
पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक