ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

सारांश

  • हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा दुई जना घाइते भएका छन् ।
  • २ असोज शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

३ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । २ असोज शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना१ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । बम्जनलाई उपचारको क्रममा सिएमसी चुरेहिल अस्पताल हेटौंडामा शुक्रबार राति सवा ९ बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । अटोमा सवार मनहरी-६ खयरघारीकी मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट रहेको छ ।

चुरेहिल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका-१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अर्यालले बताए । अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका-२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
नक्कली भुटानी शरणार्थी मुद्दा न्यायाधीश कार्कीको इजलासमा सुनुवाइ हुँदै
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद्
अवैध अस्पताल सञ्चालन गर्दै आएका सञ्चालक पक्राउ
अवैध अस्पताल सञ्चालन गर्दै आएका सञ्चालक पक्राउ
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
पर्यटक प्रहरीलाई १४ वटा मोटरसाइकल हस्तान्तरण
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवतीलाई बलात्कार गर्ने युवक
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि: राष्ट्रपति
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
नेपालमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?
समानुपातिकतर्फ रास्वपा साढे ४९ लाख नजिक, अरुको मत कति ?