छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक ८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

सारांश

  •   सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।
  • पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ ।
  • आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।

८ कात्तिक, जनकपुरधाम । 

सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय-खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा-अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख-समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो दिन भोलि (आइतबार) खरना रहेको छ ।

भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ । तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझकारकका रूपमा मनाइन्छ । यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिने चलन छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ । त्यस्तै ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ।

अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ, त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ ।

तराई–मधेशका बजारहरूमा अहिले पूजा सामग्री किनमेलको चहलपहल छ भने नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् । जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक जलाशयहरू नवदुलहीझैं सिंगारिने क्रम जारी छ । मिथिलाञ्चल र सम्पूर्ण तराई-मधेश अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ
आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने
आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो