चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
चिसोमा पनि घटेन डेंगु संक्रमण, एक सातामा ९६ जनामा पुष्टि

सारांश

  • चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन ।
  • पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ ।
  • ईडीसीडीका अनुसार पछिल्लो एक सातामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

 

२६ मंसिर, काठमाडौं ।

चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ । ईडीसीडीका अनुसार पछिल्लो एक सातामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । सोही अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।

यसवर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा २ हजार १४५ जना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बागमती २ हजार १३२, लुम्बिनीमा १ हजार ३४६, कोशीमा १ हजार ३६, सुदूरपश्चिम ८३२, कर्णालीमा ५३० र मधेशमा २११ जनामा संक्रमण पुष्टि भएको छ ।

किन घटेन डेंगु संक्रमण ?

सामान्यतया डेंगु सार्ने लामखुट्टेलाई २५ देखि ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ । तर पछिल्लो समय यो भन्दा कम तापक्रममा पनि डेंगु सार्ने लामखुट्टे सक्रिय रहेको पाइएको छ । जनस्वास्थ्यविद्का अनुसार, किटजन्य रोग विस्तार हुनुमा जलवायु परिवर्तन, मानिसको बसाइँसराइ, तीव्र शहरीकरण, किटाणुमा कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायत कारण रहेका छन् । तराईका जिल्लामा प्रकोपकै रूपमा देखिएको डेंगु संक्रमण गर्मी बढेपछि घटेको पाइएको थियो । किनकि, तापक्रम ३५ डिग्री सेल्सियस नाघेपछि डेंगु सार्ने लामखुट्टे बाँच्न सक्दैन । तर यसको उल्टो पहाडी र हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्दो छ । किनकि विज्ञका भनाइमा १२–१३ डिग्रीमा पनि डेंगु सार्ने लामखुट्टै सहजै बाँच्न सक्छ ।

विज्ञका डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन । हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे हराएको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान प्रमुख तथा वातावरणीय स्वास्थ्यमा विद्यावारिधि गरेका डा.मेघनाथ धिमालका अनुसार, तराईमा पाइने लामखुट्टेले अब आफूलाई पहाडी र हिमाली वातावरणमा अनुकुनलन गराएका छन् । ‘जलवायु परिवर्तनको असर उच्च भू–भागमा देखिएको छ । हिजोका दिनमा चिसो हुने ठाउँमा तापक्रम बढेसँगै प्रत्यक्ष रूपमा लामखुट्टे, भुसुनाका कारण लाग्ने कीटजन्य रोग फैलिएका छन्’, डा. धिमाल भन्छन्, ‘मौसममा बदलावसँगै अन्य कारणले तराईको रोग पहाड अनि हिमालमा उक्लिएको छ ।’ पछिल्ला वर्षहरूमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गरिरहेको उनको भनाइ छ । कुनै समय निश्चित भौगोलिक क्षेत्रमा मात्र देखिने कीटजन्य सरुवा रोग हिजोआज नयाँ-नयाँ क्षेत्रमा पुगिरहेका छन् । मलेरिया, डेंगु, चिकुनगुनिया, कालाज्वर, स्क्रब टाइफस, जापानिज एन्सेफ्लाइटिस, हात्तीपाइले जस्ता कीटजन्य रोगहरू अब तराईबाट पहाड हुँदै हिमालतिर पुगिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
इटहरीको प्रदर्शनमा डीएसपीसहित दर्जनौ बढी घाइते, १३ जना पक्राउ
इटहरीको प्रदर्शनमा डीएसपीसहित दर्जनौ बढी घाइते, १३ जना पक्राउ
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
गृहमन्त्रीलाई रास्वपाको जवाफ– भ्रष्टाचार प्रमाणित भए राजनीति छोड्ने होइन, जेल जाने हो
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
गैँडाको आक्रमणमा परी दुई जना घाइते
गैँडाको आक्रमणमा परी दुई जना घाइते
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते