कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २९, २०८१
|
|
३७ पटक हेरिएको
Shares
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने

सारांश

  • उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने तयारी भइरहेको बताए ।
  • भरतपुर कारागारको निरीक्षण गर्दै शनिबार गृहमन्त्री लामिछानेले कैदीबन्दीहरूलाई अब सिप र श्रममा दक्ष बनाइने धारणा पनि राखे ।
  •   “अब कुनै पनि नेताको भनसुनका आधारमा हैन ।

२९ वैशाख, भरतपुर। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रम र सिपका आधारमा कारागारमा रहेका कैदीहरूको कैद मिनाहाको नीति ल्याइने तयारी भइरहेको बताए ।

भरतपुर कारागारको निरीक्षण गर्दै शनिबार गृहमन्त्री लामिछानेले कैदीबन्दीहरूलाई अब सिप र श्रममा दक्ष बनाइने धारणा पनि राखे ।  “अब कुनै पनि नेताको भनसुनका आधारमा हैन । तपाईँको सिप र श्रमका आधारमा कैद मिनाहाको नीति ल्याइने छ”, कैदीबन्दीहरुसग गृहमन्त्रीले भने, “सरकारले कैदीबन्दीहरूलाई श्रम र सिपमा दक्ष बनाउने सम्बन्धमा  नीति तथा कार्यक्रममा नै समेटिएको छ अब यसलाई आगामी बजेटबाटै सुनिश्चित गरिने छ ।”  कतिपय अवस्थामा आफूहरू निर्दोष हुँदाहुँदै पनि विनाकारण जेल जीवन बिताउन परेको गुनासो केही कैदीबन्दीहरुले गरेपछि त्यसको जवाफमा गृहमन्त्री लामिछानेले कोही पनि निर्दोष  नफसुन् भन्ने सम्बन्धमा अनुसन्धानमा सचेत हुनुपर्ने धारणा राखे।

“अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्छ । तर यदि नगरेको अपराधकै कारण कसैले दुख पाउनुहुँदैन भन्ने तर्फ पनि सचेत हुन जरुरी छ”, । उनले कारागारलाई बन्दी गृह भन्दा पनि सुधार गृह बनाउन जरुरी रहेको पनि बताए। यस्तै गृहमन्त्रीले भरतपुर विमान स्थलमा पत्रकारहरुसग कुराकानी गर्दै सार्वभौम संसदमा आफूलाई बोल्न नदिएर कांग्रेसले गलत गरेको बताए । “एक पटक मैले संसदमा बोल्न  त पाउनु पर्ला नि । म माथि लागेको आरोपको त उत्तर दिनुपर्ला नि” उनले भने ।  सार्वभौम संसदमा आफू बोल्न पाए आफूमाथि लागेको आरोपको अनुसन्धानमा पनि सहयोग पुग्ने उहाँको दाबी छ ।

“म संसदमा बोल्न पाए अनुसन्धानमा पनि  सहज होला नि”, उनले भने । सहकारी ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने पनि बताए । लामिछाने शनिबार र आइतबार चितवनमा रहने छ । उहाँको पार्टीको आन्तरिक कार्यक्रमसँगै उद्योगी व्यवसायीहरूसँगको अन्तर्क्रियामा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
दिल्लीमा संसद् मार्च गर्न खोज्ने प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठीचार्ज
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
प्रध्यानाध्यापकको नमुना बिधालय बनाउने सपना रहयो अधुरो 
पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ
पोखरा महानगरपालिका– ४ का वडाध्यक्ष पक्राउ
जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे
जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलट सेढाईंको निधन
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल