लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
१०१ पटक हेरिएको
Shares
लहान सडक डिभिजनका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
  • उनीहरूलाई सिरहाको कल्याणपुर नगरपालिका – ५ स्थित चिकनास्थानमा प्रदेश सरकारको योजना अन्तर्गत सडक ढलान निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।

२९ असोज, लहान ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालयका तत्कालीन डिभिजनल इन्जिनियर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सब–इन्जिनियर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

उनीहरूलाई सिरहाको कल्याणपुर नगरपालिका – ५ स्थित चिकनास्थानमा प्रदेश सरकारको योजना अन्तर्गत सडक ढलान निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार गरेको आरोप छ । अख्तियारले उनीहरूबाट करिब २ करोड ३४ लाख ९९ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा बराबरको भ्रष्टाचार भएको दाबी गर्दै उक्त रकम बिगोको रूपमा असुल गर्न मागसहित मुद्दा दायर गरेको हो । विशेष अदालतमा दर्ता गरिएको मुद्दा सम्बन्धमा सर्वोच्च अदालतका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिँदै पूर्व डिभिजनल इन्जिनियर दास हालै रेल विभागका महानिर्देशकको पदबाट अवकाश प्राप्त गरेको समेत बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६  जना घाइते
बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृ*त्यु, ६ जना घाइते
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
व्यक्तिको नाम तोकेरै संसदीय छानबिन समिति गठन हुनुपर्छ : कांग्रेस
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा