गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् ।
  • गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको जानकारी गराए ।
  • उनले चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने दाबीसमेत गरे ।

 

१६ मंसिर, धनगढी ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन् । गृह मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार बरामद गर्ने क्रम जारी रहेको जानकारी गराए । उनले चुनावसम्म सबै नियन्त्रणमा लिइसक्ने दाबीसमेत गरे । हतियार र फरार कैदीबन्दीको विषयमा पटक—पटक कुरा उठ्ने गरेको बताउँदै अर्यालले उक्त विषयलाई अतिरिञ्जित बनाउन नहुने बताए ।

‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने क्रम पछिल्लो दिनमा वृद्धि भएको छ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन,’ अर्यालले भने, ‘यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिदैनौँ । तीनलाई हामीले फिर्ता ल्याएरै छाड्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी, हतियार कति ?भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फिर्ता हुन बाँकी रहेको जानकारी उनले गराए ।

उनले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धी जघन्य प्रकृतिका कसुरका फरारको संख्या भने कम रहेको दाबी गरे । फरार अवस्थामा रहेका कैदीबन्दीलाई पक्राउ गर्न विशेष रुपमा अभियान चलाइरहेको पनि उनले बताए । लुटिएका हतियारमध्ये अहिलेसम्म ७२७ थान बरामद गरेर फिर्ता गरिसकेको भन्दै उनले केही संख्यामा मात्र बाहिर रहेको उल्लेख गरे । मन्त्री अर्यालले सुरक्षा संवेदनशीलताका कारण लुटिएका हतियारको संख्याबारे भन्न नमिल्ने गरेको उल्लेख गरे । सुरक्षा गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण भयरहित वातावरणमा चुनाव हुनेमा आशंका गरेका थिए । उनीहरुले गरेको आशंकाको जवाफ दिँदै गृहमन्त्री अर्यालले सोही कारण चुनाव बिथोल्न नदिने बताएका हुन् ।

सुरक्षा गोष्ठीमा राजनीतिक दलले शान्तिपूर्ण तरिकाले गर्ने कार्यक्रमहरुमा विभिन्न किसिमले अवरोध भइरहेको सन्दर्भमा समेत प्रश्न उठेको थियो । त्यसको जवाफमा मन्त्री अर्यालले सरकार राजनीतिक दललाई बिना बाधा, अवरोध कार्यक्रम तथा अन्य गतिविधि गर्न दिने विषयमा प्रतिबद्ध रहेको बताए । ‘निर्वाचन र सुरक्षासँग सम्बन्धी विषयमा विशिष्ट अतिथि र अतिथि ज्यूले केही ध्यानाकर्षण पनि गर्नुभएको छ । खास गरेर राजनीतिक दलका गतिविधिहरुमा कुनै पनि किसिमको हस्तक्षेप नहोस् भनेर ध्यानाकर्षण गराउनुभएको छ,’ उनले भने, ‘त्यसमा नेपाल सरकार, गृह मन्त्रालय प्रतिबद्ध छ । हाम्रो म्यान्डेड नै चुनाव गराउने हो । त्यसका लागि शान्ति सुरक्षा दिनुपर्छ । अहिंसात्मक र शान्तिपूर्ण रुपमा हुने राजनीतिक गतिविधिलाई नेपाल सरकारले सहजीकरण गर्छ । दण्डहीनताको अवस्था आउन दिँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित  ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
श्रीलंकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ घाइते
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
संसद विघटन गर्न राष्ट्रपतिलाई बालेनकाे आग्रह, अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीलाई समर्थन
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरुको बैठक बस्दै