बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २२, २०८२
|
|
३९ पटक हेरिएको
Shares
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने

सारांश

  • कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ ।
  • कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो ।
  • विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।

२२ असोज, विराटनगर ।

कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गरिदिने भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ ।

घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनस्र्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ । सो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।

त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले समन्वय गरी काम गर्ने जनाइएको छ । झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । आजको परिषद् बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । भौतिक पूर्वाधार मन्त्रालयले तत्कालै सबै खालका बाटोहरू खुलाउनका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि आजको बैठकले निर्देशन गरेको छ ।

मुख्यमन्त्री कार्कीले पुननिर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठक निर्देशन दिएका थिए । विपतमा सम्पूर्ण नागरिक, उद्योगी व्यवसायी, अधिकारकर्मी, राजनीतिक पार्टी, बैङ्क तथा वित्तीय संस्था र कर्मचारीहरूलाई सहयोग गर्नका लागि आह्वान गर्ने समेत निर्णय गरेको आन्तरिक मामला तथा कानुन मन्त्रालयका विपद् महाशाखा प्रमुख कमल थापाले जानकारी दिएका छन् । यसैबिच बाढी–पहिरोले इलाम, झापा र अन्य पहाडी जिल्लामा ठुलो मानवीय क्षति पु¥याएपछि कोशी प्रदेश सरकारले राहत र पुनर्निर्माण अभियानलाई तीव्रता दिएको जनाएको छ । मुख्यमन्त्री कार्कीको निर्देशनमा मन्त्रीदेखि स्थानीय संयन्त्रसम्म सबै सक्रिय बनेका हुन् ।

प्रदेश सरकारले मङ्गलवार हेलिकप्टरमार्फत तत्काल आवश्यक खाद्यान्न र औषधि सामग्री पठाएपछि आज पुनः तीनभन्दा बढी ट्रक राहत सामग्री प्रभावित इलाका माईजोगमाई, माई नगरपालिकादेखि झापा गाउँपालिका सम्म पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारसँग रहेका सबै राहत सामग्री तत्काल प्रभावित परिवारसम्म पु¥याउने अभियान सञ्चालन गरिएको छ । मुख्यमन्त्री कार्कीले प्रदेशका सबै संयन्त्र र स्थानीय सरकारबिच सहकार्यमा राहत वितरण र पुनर्निर्माणका कार्यलाई तीव्र बनाउने बताएका छन् । उनका अनुसार मृतकका परिवारलाई तत्काल आर्थिक सहयोग, घाइतेका लागि उपचार व्यवस्था र भत्किएका सडक तथा आवास पुनर्निर्माणको तयारी सुरु भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का
भारत भ्रमण उपलब्धिमुलक भयो : उर्जामन्त्री खड्का
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृ*त्यु
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री पोखरेल
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
सर्वोच्चको आदेशविरुद्ध अनसन बस्ने डा. केसीको चेतावनी
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ