आज चार संसदीय समितिका बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
आज चार संसदीय समितिका बैठक बस्दै

सारांश

  • सङ्घीय संसद्अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
  • संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
  • सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ ।

८ जेठ, काठमाडौँ ।

सङ्घीय संसद्अन्र्तगत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्र्तगतको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेटमा समावेश हुनुपर्ने विषयसम्बन्धी छलफल हुँदैछ । उक्त बैठकमा समिति सदस्यहरू र राष्ट्रिय योजना आयोग, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)बीच छलफल हुनेछ ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । उक्त बैठकमा समितिमा प्राप्त उजुरीउपर छलफल हुनेछ । यस्तै, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्र्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० र सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बस्दैछ । विकास, आर्र्थिक मामिला तथा सुशासन समितिमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्वबजेटका सम्बन्धमा छलफल हुने कार्यसूची छ । बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रतिनिधिबीच छलफल हुनेछ । यसैगरी, सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा विपद् व्यवस्थापन (विपद् न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) का सम्बन्धमा भएका कामकारबाहीबारे छलफल हुँदैछ । बैठकमा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भाबी कार्ययोजना सम्बन्धमा र विविध विषयमा छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना ल्याउने
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
अनिल सिन्हाले सम्हाले पर्यटन मन्त्रालयको जिम्मेवारी
चीनमा पहिलो ठूलो सुन भण्डार फेला
चीनमा पहिलो ठूलो सुन भण्डार फेला