स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ५, २०८३
|
|
७८ पटक हेरिएको
Shares
स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ

सारांश

  • प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद बोकेर भारतबाट नेपाल आइरहेका दुई जना प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।
  • सर्लाहीको मलंगवा नगरपालिका– १० स्थित झिम पुल नजिकैबाट ती दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका– ३ का २८ वर्षीय गुडुकुमार यादव र २४ वर्षीय रुपेशकुमार यादव छन् ।

 

४ असार, सर्लाही ।

प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद बोकेर भारतबाट नेपाल आइरहेका दुई जना प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका– १० स्थित झिम पुल नजिकैबाट ती दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका– ३ का २८ वर्षीय गुडुकुमार यादव र २४ वर्षीय रुपेशकुमार यादव छन् ।

उनीहरू भारतबाट मोटरसाइलकमा नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले शंका लागेपछि उनीहरूलाई चेकजाँच गर्ने क्रममा त्यो रकम फेला परेको जनाएको छ । चेकजाँचका क्रममा उनीहरूको साथबाट एक हजारका दुई हजार ५०० थान, ५०० का एक हजार ३०० थान, १०० का ५०० थान नोट फेला परेको प्रहरीले भनेको छ । पक्राउ परेका दुवै जना व्यक्ति, रकम र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?