टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १३, २०८१
|
|
४५ पटक हेरिएको
Shares
टेक्ससमा मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा एक जना पक्राउ

सारांश

  • न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासका अनुसार संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार बेलुका पक्राउ गरिएको हो ।
  • संदिग्धलाई बुधबार बेलुका ८ बजेलगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो ।
  • प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको जनाएको छ ।

१३ भदौ ,काठमाडौँ —अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासका अनुसार संदिग्ध व्यक्तिलाई स्थानीय समयअनुसार बुधबार बेलुका पक्राउ गरिएको हो । संदिग्धलाई बुधबार बेलुका ८ बजेलगत्तै ट्राफिक स्टपमा पक्राउ गरिएको हो । प्रहरीले संदिग्धको बारेमा जानकारीसहित केही कलहरू प्राप्त गरेपछि पक्राउ गर्न सफल भएको जनाएको छ । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । प्रहरीले बुधबार दिउँसो संदिग्ध व्यक्तिको फोटो सार्वजनिक गरेको थियो । सीसीटीभी फुटेजबाट लिइएको फोटो अगस्ट २४ शनिबार राति ९ बजेर ४८ मिनेटको रहेको ले जनाएको छ ।पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५:३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै : तीन दिनसम्म के हुन्छ ?
एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदै : तीन दिनसम्म के हुन्छ ?
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ
राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से ४.४४ अंकले बढ्यो
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
प्रधानमन्त्रीको शयनकक्षसम्म बिचौलियाको पहुँच छः गगन थापा
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
देशभरका राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक