आज पनि उच्च अंकले घट्यो नेप्से

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
आज पनि उच्च अंकले घट्यो नेप्से

सारांश

  • आइतबार र सोमबार दोहोरो अंकले घटेको नेप्से आज पनि राताम्मे बनेको हो ।
  • आज नेप्से ३२.
  • २१ अंकले घटेर २७१९.

 

२७ फागुन, साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ । आइतबार र सोमबार दोहोरो अंकले घटेको नेप्से आज पनि राताम्मे बनेको हो । आज नेप्से ३२.२१ अंकले घटेर २७१९.२० अंकमा पुगेर बन्द भएको छ ।

नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ३.२८ अंकले घटेर ४५६.४७ विन्दुमा पुगेको छ । आज विकास बैंकबाहेक अन्य सबै उपसमूहको सूचक घटेको छ । आज कारोबारमा आएका ३२ कम्पनीका लगानीकर्ताले कमाउँदा २०९ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

३ कम्पनीको शेयर मूल्य भने परिवर्तन भएन । नेप्सेका अनुसार आज १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर ८ अर्ब ३९ करोड ११ लाख भन्दा बढीमा कारोबार भयो । आज महालक्ष्मी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाउँदा नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले धेरै गुमाएका छन् । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?