चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २, २०८३
|
|
१७९ पटक हेरिएको
Shares
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ

सारांश

  •   दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
  • अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए।
  • प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो।

२ असार, काठमाडौं । 

दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ। अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रहरी उपरीक्षक खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका-२ निवासी गोविन्द कुमार साहले व्यापार व्यवसाय गर्न गोपाल साहसँग जग्गा दृष्टिबन्धमा राखी कपाली तमसुक गरेर रु ९९ लाख ऋण लिएका थिए। गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गापछि जग्गाधनीलाई थाहै नदिई गोपाल साहसहित तीनै जनाले बैंकमा धितो राखी रु चार करोड ऋण लिएको पाइएको प्रहरी उपरीक्षक खड्काले बताए। जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्सा बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले बताए। पक्राउ परेका तीनै जनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा हुम्लाका डीएसपी निलम्बित
ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन
जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन