चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
चट्याङ, हावाहुरी र वर्षाका कारण भारतमा ६० जनाको मृत्यु

सारांश

  • बिहारको आधिकारिक तथ्यांकअनुसार बिहीबार नालन्दामा १८, सिवानमा २, कटिहारमा १, दरभंगामा १, बेगुसरायमा १, भागलपुरमा १ र जेहानाबादमा १ जनाको मृत्यु भएको हो।
  •   यसअघि बुधबार पनि बेगुसरायमा ५, दरभंगामा ४, मधुवनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको थियो।
  •   बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।

काठमाडौँ, २९ चैतः

चट्याङ, हावाहुरी र वर्षाका कारण भारतका बिहारमा ३८ र उत्तर प्रदेशमा २२ जनाको मृत्यु भएको छ। बिहारको आधिकारिक तथ्यांकअनुसार बिहीबार नालन्दामा १८, सिवानमा २, कटिहारमा १, दरभंगामा १, बेगुसरायमा १, भागलपुरमा १ र जेहानाबादमा १ जनाको मृत्यु भएको हो।  यसअघि बुधबार पनि बेगुसरायमा ५, दरभंगामा ४, मधुवनीमा ३ र समस्तीपुरमा १ जनाको मृत्यु भएको थियो।  बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिन निर्देशन दिएका छन्।

यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमा मृतकका परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्।अप्रिल १० (बिहीबार) उत्तर प्रदेशको राहत कमिश्नरको कार्यालयले जारी गरेको तथ्या‌ंकअनुसार,  कूल २२ मानिस र ४५ जनावर मरेका छन् भने ५ घरमा क्षति पुगेको छ। चट्याङका कारण फतेहपुर, आजमगढ, फिरोजाबाद, कानपुर देहात, सीतापुर, गाजीपुर, गोंडा, अमेठी, सन्त कवीर नगर र सिद्धार्थ नगर जिल्लामा जनधनको क्षति भएको छ। आँधीले बलिया, कन्नौज, बाराबंकी, जौनपुर र उन्नाव जिल्लामा पनि ज्यान गएको छ।  यसैबीच बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन वर्षा र हावाहुरी जारी रहने भारतीय मौसम विभागले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न विभागको निर्देशन
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सडक दुर्घटनामा एक सैनिक जवानको मृत्यु
सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ
सर्लाहीबाट लागुऔषधसहित तीन जना पक्राउ
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई सातौँपटक म्याद थप्न अदालत लगिँदै
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवक मृत भेटिए
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल