कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताएका छन् ।
  • सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए ।
  • ‘अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।

१४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट आफूले पूरा सहयोग प्राप्त गरिरहेको बताएका छन् । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले पनि कांग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्ने बताए ।

‘अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’ प्रमुख दलहरू मिलेर सरकार चलाउँदा पनि मुलुकले विकासको बाटो लिन नसके अरु विकल्प नहुने जिकिर गरे ।

‘अहिले पनि प्रमुख दलहरू मिलेर यस देशलाई विकासको बाटो दिन सकेनन् भने विकासको बाटो दिन सकेनन् भने यहाँ तेरो मेरो भन्ने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘७ सय ५३ वटा पालिका हामी विकास गरेर छाड्छौं । कसैले पनि यो विकासको गतिलाई रोक्न चाहेर पनि सक्दैन । सबै पालिकामा विकास गर्छौं ।’ उनले अघि थपे, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाउने तैपनि विकास गर्न नसके विकल्प कहाँ रह्यो । त्यसपछि भयानक निराशा हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बार निर्वाचन : कसको मत कति ?
नेपाल बार निर्वाचन : कसको मत कति ?
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
लगातार घट्दै सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ
शिशुको हत्या गरि राजमार्ग छेउमा फाल्ने बाबु पक्राउ
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने