झ्याप्लेखोला पहिरोमा पुरिएको बस गोरखाकै भएको पुष्टि, शवको संख्या १४ पुग्यो
सारांश
- गोरखाको धार्चे गाउँपालिका-७ लापुबाट प्रस्थान गरेको बा ४ ख २२७० नम्बरको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन भएको थियो।
- सो बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको पाइएको हो।
- गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले त्यही बस भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानएको छ।
१३ असोज , धादिङको धुनिबेँसी नगरपालिका–९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको एउटा बस गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस भएको पुष्टि भएको छ।

गोरखाको धार्चे गाउँपालिका-७ लापुबाट प्रस्थान गरेको बा ४ ख २२७० नम्बरको बस शुक्रबार रातिदेखि सम्पर्कविहीन भएको थियो। सो बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको पाइएको हो। गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले त्यही बस भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानएको छ।

‘गाडीको नम्बर नै फेला परेपछि सोही बस हो भन्ने पुष्टि भएको छ’ धादिङ प्रहरीका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले भने, ‘याताायात व्यवसायीहरू घटनास्थलमै हुनुहुन्छ। पुरिएको बसको डण्डीमा चालकको मोबाइल नम्बर लेखेको र सो नम्बर पनि मिलेको बताइएको छ। शुक्रबारदेखि हराएको सोही बस हो भन्ने पुष्टि गरिएको छ।’

सोही स्थानमा चितवनबाट छुटेको माइक्रोबस पनि फेला परेको छ। माइक्रोबस र उक्त बसका गरी हालसम्म १४ जनाको शव फेला परेको सोही वडाका वडाध्यक्ष विक्रम जंग रानाले जानकारी दिए।

प्रतिक्रिया