पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १६, २०८२
|
|
६४ पटक हेरिएको
Shares
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै

सारांश

  •   नेपालको मुख्य व्यापारिक नाका पर्सा जिल्लामा  पुराना उद्योगको लगत कट्टा गराउने भन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ ।
  • देशको अर्थतन्त्रमा सुधार भई व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो ।
  • लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ ।

१६ साउन, काठमाडौं । 

नेपालको मुख्य व्यापारिक नाका पर्सा जिल्लामा  पुराना उद्योगको लगत कट्टा गराउने भन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ । देशको अर्थतन्त्रमा सुधार भई व्यपारको वारतावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो । लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ । पहिले कोरोना महामारी र त्यसपछि आएको वैश्विक आर्थिक मन्दीले थला परेकोे राष्ट्रिय अर्थतन्त्रमा क्रमिक सुधार हँुदै देशमा उद्योग व्यपारको वातावरण निर्माण भएपछि पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार अघिलो आर्थिक वर्षमा उद्योगतर्फ ८ सय ९७ वटा र वाणिज्य तर्फ ५ सय १५ वटा गरी १ हजार ४ सय १२ वटा नयाँ उद्योग दर्ता भएको तुलनामा गत आवमा उद्योगतर्फ ९ सय ६३ वटा र वाणिज्यतर्फ ७ सय ५८ वटा नयाँ उदोग दर्ता भएका छन् । समिक्षा अवधिको तुलनामा गत आवमा २१.८८ प्रतिशत बढी अर्थात ३ सय ९ वटा उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पञ्जियारले जानकारी दिनुभयो । उहाँले आर्थिक मन्दीको प्रभाव घट्दै गएकाले मुलुकमा उद्योग व्यपारको वातावरण बन्दै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउने क्रम बढ्दै गएको बताउनु भयो । पर्सामा नयाँ उद्योग दर्ता गराउने क्रम बढेसँगै दर्ता रहेको उद्योगको नविकरण गरउनेको संख्यामा समेत ३७ प्रतिशले वृद्धि भएको छ । अघिलो आर्थिक वर्षमा २ हजार १ सय ९२ वटा उद्योगले नविकरण गराएको तुलनामा गत आवमा नविकरण गराउने संख्या २ हजार ९ सय ९०  पुगेकोे प्रमुख पञ्जियारले बताउनु भयो ।

नयाँ उद्योग दर्ता र नविकरण गरउनेको संख्यामा वृद्धि देखिएपनि पुराना उद्योगको लगत कट्टा गराउनेको संख्या समेत उच्चरहेको प्रमुख पञ्जियारले जानकारी दिनुभयो उहाँले अघिलो आर्थिक वर्षमा लगत कट्टा गराउने उद्योगको संख्या ४ सय १३ रहेको तुलनामा गत आवमा उक्त संख्या ४ सय ६५ पुगेको बताउनु भयो । समिक्षा अवधिको तुलनामा लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । अघिलो आर्थिक वर्षमा दर्ता भएको उद्योगले ३ हजार ९ सय ४१ जना महिला र पुरुषलाई रोजगारी प्रदना गरेका तुलनामा गत अवामा दर्ता भएका उद्योगले २ हजार ८ सय ९८ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेको कार्यालयका प्रमुख पञ्जियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा
संख्या छ भन्दैमा जे पनि निर्णय गर्न पाइँदैन : गगन थापा
आज जनकपुरमा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण र एकता सभा
आज जनकपुरमा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण र एकता सभा
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकार आक्रामक, अटेर गर्ने कर्मचारी राजीनामा दिन थाले
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
तिन वटा संसदीय समितिको बैठक बस्दै
तिन वटा संसदीय समितिको बैठक बस्दै
अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै
अस्पताल विकास समितिको सेवामा एकरुपता ल्याउन विधेयक ल्याइँदै
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने
काठमाडौं महानगरको ४३औं कार्यपालिका बैठक : यस्ता छन् निर्णयहरु
काठमाडौं महानगरको ४३औं कार्यपालिका बैठक : यस्ता छन् निर्णयहरु