चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २४, २०८१
|
|
३० पटक हेरिएको
Shares
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द

सारांश

  • पछिल्ला दिन  जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ ।
  • महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
  • महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन  सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

२४ पुस , काठमाडौँ,  वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्ला दिन  जिल्लामा बाक्लो हुस्सु लाग्न थालेको छ । महानगरले पुस २४ देखि २६ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।

महानगरका शिक्षा अधिकृत हरि राउतले सार्वजनिक सूचना जारी गरेर तिन दिन  सामुदायिक र संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।  “बढ्दो जाडोका कारणबाट विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै तीन दिन वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालयको प्रशासनिक कार्य सञ्चालन गर्नेगरी विद्यार्थीलाई गृहकार्य दिई घरमा अध्ययन गर्ने वातावरण मिलाई विद्यालयमा पठनपाठनसम्बन्धी कार्य स्थगन गर्न÷

गराउनुहुन सम्बन्धित सबै विद्यालयलाई जानकारीका लागि आदेशानुसार अनुरोध छ”, उहाँले भन्नुभयो । त्यसैगरी पर्सागढी नगरपालिकाले पनि गत पुस २१ गते सार्वजनिक सूचना जारी गरेर पुस २२ गतेदेखि माघ १ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयलाई जाडो बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख देवकुमार गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
प्राइम बैंकले बाढीपीडितलाई ३१ लाख सहयोग गर्ने
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
प्रहरी कार्यालयमा विचौलियाको प्रवेश रोक्न आइजी कार्कीको निर्देशन
एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु