माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा

सारांश

  • स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमति सम्बन्धी सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका छन् ।
  • स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्क्री अहमद गसिमबीच बैंककस्थित संयुत्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा मन्त्री पौडेलले सो जानकारी गराएका हुन् ।
  • माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमतिसँग सम्बन्धित सम्झौताको मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको जानकारी मन्त्री पौडेलले माल्दिभ्सका राज्यमन्त्रीलाई गराएका हुन् ।

१२ असार, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमति सम्बन्धी सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका छन् । स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्क्री अहमद गसिमबीच बैंककस्थित संयुत्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा मन्त्री पौडेलले सो जानकारी गराएका हुन् ।

माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमतिसँग सम्बन्धित सम्झौताको मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्ने गरी गृहकार्य भैरहेको जानकारी मन्त्री पौडेलले माल्दिभ्सका राज्यमन्त्रीलाई गराएका हुन् । मन्त्री पौडेलले एमडी एमएसका अलावा एमबीबीएसमा पढ्न चाहने माल्दिभ्सका विद्यार्थीलाई बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताएको मन्त्री पौडेलले सचिवालयले जनाएको छ । मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर्ने संख्या बढिरहेको तर उनीहरुले रकम घर पठाउन समस्या परेकोबारे जानकारी गराएका थिए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताएका थिए ।

नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । त्यहाँका स्वास्थ्य मन्त्रीसँग तीन महिना अघि इण्डोनेसियामा भएको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो । मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए । त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भैरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
हराएको गरगहना र नगद ट्राफिक प्रहरीद्वारा सम्बन्धितलाई हस्तान्तरण
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
प्रतिनिधिसभा निर्वाचन : प्रचार–प्रसार अवधि १४ दिन
प्रतिनिधिसभा निर्वाचन : प्रचार–प्रसार अवधि १४ दिन
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
धादिङबाट पोखरा जाँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, ८ घाइते
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
प्रशासन मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
ब्राउन सुगरसहित तीनजना पक्राउ
ब्राउन सुगरसहित तीनजना पक्राउ
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द