Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
५१ पटक हेरिएको
Shares
पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

सारांश

  • जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको  कास्कीको जनजीवन सामान्य बन्दै गएको छ।
  • सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ।
  • फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ।

२९ भदौ,पोखरा ।

जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको  कास्कीको जनजीवन सामान्य बन्दै गएको छ। सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ। फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको छ। सार्वजनिक सेवा प्रवाहलाई सुरु गराउनका लागि कार्यालयले आआफ्ना तयारी थालिसकेको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

सेवा प्रवाहकै सन्दर्भमा आज जिल्लास्थित कार्यालय प्रमुखहरूको बैठक पनि राख्न लागेको जानकारी दिँदै उनले सेवा प्रवाह सुरु गर्ने सक्ने कार्यालयले अत्यावश्यक सेवा सुरु गरिसकेको बताए। गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशसभा, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत सानाठूला गरी करिब ८० कार्यालयमा आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको छ । केही दिनयता सुरक्षा अवस्थालाई दृष्टिगत गरी लगाइएको निषेधाज्ञा एवं कफ्र्यू शनिबारदेखि खुला गरिएसँगै पोखरामा व्यापार व्यवसाय एवं सार्वजनिक यातायातहरू पूर्ववत् सञ्चालनमा आउन थालेका छन्।

आन्दोलनकै कारण बन्द भएका शैक्षिक संस्था सञ्चालन गराउने तयारी गरिएको छ । पोखरा महानगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको बैठकको निर्णयअनुसार महानगरभित्रका सम्पूर्ण विद्यालय असोज १ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय भएको महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाले आज बुटवलमा आमसभा गर्दै
राप्रपाले आज बुटवलमा आमसभा गर्दै
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
‘हामीलाई थाहै नदिई सहमति गरियो, मान्य छैन’ : गरिमाका बुबा
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर
अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच विश्व व्यवस्थाबारे प्रश्नोत्तर
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं: खगेन्द्र सुनार
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं: खगेन्द्र सुनार
सहकारीमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी, ४८ वटा मुद्दा दर्ता
सहकारीमा ५ अर्ब ११ करोड रुपैयाँ ठगी, ४८ वटा मुद्दा दर्ता
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना, तीन जनाको मृत्यु
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा
अनुमति विना काठमाडौं आएका ७ जना भारतीय नागरीक सीआईबीको नियन्त्रणमा