सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं: खगेन्द्र सुनार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं: खगेन्द्र सुनार

सारांश

  •   दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् ।
  • आइतबार नव गठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्किने गरी समावेशी सरकार बन्नुपर्ने बताएका हुन् ।
  • उनले भने, ‘सरकारमाथि अट्याक सुरु भइसकेको छ, पुराना राजनीतिक दलहरु फेरी व्यूतिएर भुतभुताउँदै उठेको हामीले देखेका छौ अव ती तानाशाही, अपराधीहरुको हातमा देश जानुहुँदैन ।

२९ भदौ, काठमाडौं । 

दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् ।आइतबार नव गठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्किने गरी समावेशी सरकार बन्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘सरकारमाथि अट्याक सुरु भइसकेको छ, पुराना राजनीतिक दलहरु फेरी व्यूतिएर भुतभुताउँदै उठेको हामीले देखेका छौ अव ती तानाशाही, अपराधीहरुको हातमा देश जानुहुँदैन । सरकार समावेशी बन्नुपर्छ, सरकारमा सबैको प्रतिनिधित्व हुनुपर्छ । सुशीला कार्कीको अनुहार यताबाट हेर्दा मधेशीजस्तो, उताबाट पहाडी, दलित, जनजाति, हिमाली जस्तो सबैको अनुहार त्यसमा झल्किनुपर्छ ।’ उनले अव बन्ने सरकारले सबै जनतालाई न्याय दिनसक्ने कुरामा विश्वस्त रहेको पनि बताए । ‘हिजो यिनै कांग्रेस, एमाले, माओवादीहरुको घाँटी च्यापेर निकालिएकी सुशीला कार्कीले यो कुरा बुझेकी छिन् त्यो अनुसार सबै जनतालाई न्याय हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ,’उनले भने ।

अभियन्ता सुनारले आफू मन्त्री बन्ने दौडमा नरहेको भन्दै देश निमार्णको सन्दर्भमा पूर्ण साथ र समर्पण रहेको बताए । म मन्त्रीको दौडमा छैन । मेरो अभियान मन्त्री बन्ने अभियान होइन । यो देशले पहिला सास फेर्न पाउनुपर्छ । मरेकाले पहिला न्याय पाउनुपर्छ । घाइतेहरुको उपचार हुनुपर्छ । देश आगो लागेर खरानी भएको छ । यो खरानीलाई हामीले बग्न दिनुहुँदैन । खरानीबाट देशलाई माथि उठाउनुपर्छ । देश निर्माणको सन्दर्भमा हाम्रो साथ र समर्पण रहनेछ,’उनले भने ।

उनले जेनजीहरुको आन्दोलनको उपलव्धिहरुलाई खरानी बनाउने प्रयास हुन सक्ने भन्दै प्रधानमन्त्री कार्कीको रक्षक बन्ने पनि बताए । ‘आन्दोलनमा लागेका जेनजीहरुको अपमान गर्ने, जेनजीहरु केही होइन भन्ने, यीनका नेतृत्व छैन भनी आन्दोलनका उपलव्धिहरुलाई खरानी बनाउने त्यो खालको खतरा हुनसक्छ त्यसैले हामी सुशीला कार्कीको एउटा छोराको बनेर आमाको रक्षाको लागि नेपाल आमाको रक्षाको लागि हामी ढाल बनेर उभिने छौ,’उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश
महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए
प्रधानमन्त्रीको सचिवालयबाट कार्यरत १३ जना हटाइए
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी
सुनचाँदी व्यवसायीहरूको आन्दोलन जारी
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए
जनकपुरमा लिक क्रस गर्ने क्रममा रेल र कार ठोक्किए