​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २६, २०८०
|
|
४० पटक हेरिएको
Shares
​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ

सारांश

  • सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ ।
  • सभामुख देवराज घिमिरेले सोमवार आयोजना गरेको चार दलका शीर्ष नेताको बैठकमा सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेको हो ।
  • बैठकपछि एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्ताैलाले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको संसदीय छानबिनको मागमा आफूहरू सहमत हुन नसकेको बताए ।

२६ चैत, काठमाडौं । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ ।

सभामुख देवराज घिमिरेले सोमवार आयोजना गरेको चार दलका शीर्ष नेताको बैठकमा सत्तापक्षले संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेको हो । बैठकपछि एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्ताैलाले राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको संसदीय छानबिनको मागमा आफूहरू सहमत हुन नसकेको बताए । बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष विष्णु पौडेललगायत सहभागी थिए ।  कांग्रेसले भोलिसम्म संसदीय छानबिन समिति गठन नगरे संसद् अवरोध गर्ने चेतावनी दिएको छ । प्रतिनिधि सभाको बैठक मंगलवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

​

बर्तौलाले रविमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षको माग उचित नभएकोले पुनर्विचार गर्न आग्रह गरिएको बताए । ‘प्रमुख प्रतिपक्षले उठाएका विषय न्यायोचित छैनन्, यस्तो विषयमा संसदीय छानबिन गर्न सकिँदैन । राज्यका स्थापित मेकानिजमबाट नै पीडितलाई न्याय दिनुपर्छ’, उनले भने ।कांग्रेसले भने संसदीय छानबिन समिति गठनको माग आफूहरूको न्यूनतम सर्त रहेकाले गठन नभए संसद् चल्न नदिने अडान राखेको थियो । बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्न सत्तापक्षको आनाकानीले आशंका बढाएको बताए ।

यस्तै माओवादी संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले संसदीय छानबिन समिति गठनको मागमा आफूहरू सहमत हुन नसक्ने बताए । ‘अहिले संसदीय छानबिन समिति गठन गर्न सम्भव छैन, प्रतिनिधि सभाले बनाएको कार्यतालिका अनुसार सदन अगाडि बढ्छ’ पाण्डेले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री
विद्यार्थी संगठनमाथि प्रतिबन्ध असम्भव : रामकुमारी झाक्री
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन
सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
झापामा महिलाको शंकास्पद मृत्यु, श्रीमान पक्राउ
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो
सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो