रास्वपा केन्द्रीय समिति बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
रास्वपा केन्द्रीय समिति बैठक बस्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
  • बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
  • कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।

४ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीका आगामी गतिविधि, अघिल्लो बैठकको निर्णय, ब्लुप्रिन्ट कार्यदल, सदस्यहरूको संक्षिप्त रिपोर्टिङबारे छलफल हुनेछ ।

यस्तै, बैठकले पार्टीको जनयात्राबारे पनि ठोस निर्णय गर्ने बताइएको छ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरु गरेको थियो । तर, पार्टी सभापति रवि लामिछानेविरुद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै चैत २२ उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेशसँगै अन्योल भएको छ ।

रास्वपाले पहिलो दिनको जनयात्रा कार्यक्रम अन्तर्गत चितवनमा सभा गरे पनि त्यसपछि यसलाई निरन्तरता दिन सकेको छैन । बैठकमा पार्टीको पहिलो महाधिवेशन कार्य विवरण सम्बन्धमा पनि छलफल हुने झाले जानकारी दिए । यसअघि रास्वपाले वैशाख २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको जागरण अभियान झापाबाट शुरू हुँदै
माओवादीको जागरण अभियान झापाबाट शुरू हुँदै
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
उपराष्ट्रपति यादवसँग सभामुख अर्यालको शिष्टाचार भेट
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने कोशी प्रदेशको योजना
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसनको आज उद्घाटन