Press 4K
आइतबार, २५ आश्विन २०८३

बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
४८ पटक हेरिएको
Shares
बाजुराको हिमालीका अधिकांश अन्धकार बस्ती आठ महिनापछि पुनः झिलिमिली

सारांश

  • बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् ।
  • गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि यहाँका अधिकांश गाउँ बस्ती अन्धकार थिए ।
  • लामो समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुनस् विद्युत् सेवा आपूर्ति भएको हो ।

९ चैत,बाजुरा ।

बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिना पछि झिलिमिली बनेका छन् । गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद् युतको नहर बगेपछि यहाँका अधिकांश गाउँ बस्ती अन्धकार थिए ।

लामो समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुनस् विद्युत् सेवा आपूर्ति भएको हो । विच्छ्या खोलामा आएको बाढीले विद्युत् नहरसँगै स्थानीका घरजग्गा बगाएर करोडौँको क्षति समेत गरेको थियो।हिमाली गाउँपालिका र खत्याड गाउँपालिका बिच सम्झौता भई धुला चौर लगायतका बस्तीमा बिजुली सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण कुवासी खोला जलविद्युत योजना अवरुद्ध हुँदा गाउँपालिका केन्द्र धुला चौरसहित वडा।नम्बर ४ फैति,बोर्ता, वडा नं ५ रुँगिन, नदा पाटा र वडा नं ६ धिमा बस्तीमा विद्युत् सेवा प्रभावित बनेको थियो । ७ महिनासम्म यी बस्तीका नागरिक अँध्यारोमा दिन बिताउँदै आएका थिए । अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा अवरुद्ध विद्युत् सेवा सुचारु गरिएको हो ।

विद्युत् अवरुद्ध भए यता यहाँका नागरिकले सोलार, टुक्की र मैनबत्ती बाल्ने गरेका थिए । त्यस्तै धुला चौर बजारमा लामो समय देखि विद्युतीय उपकरणहरू नचल्दा व्यापारीहरूलाई व्यवसायमा घाटा व्यहोर्नु परेको थियो । सात महिनापछि पुनस् धुला चौर बजारमा विद्युतीय सेवा आपूर्ति हुँदा बजार व्यवसायी निकै खुसी भएको बजार व्यवसायी गणेश शाहीले जानकारी दिए । हिमाली गाउँपालिका र खत्याड गाउँपालिका मुगुसँग सम्झौता गरेपछि धुला चौर बजारमा लगायत अन्य गाउँ बस्तीमा पुनःविजुली सञ्चालन आएका हो । सात महिनापछि बिजुली बल्दा स्थानीयहरू हर्षित भएका छन्।खत्याड गाउँपालिका मुगु विद्युत् सेवासँग हिमाली गाउँपालिकाले सम्झौता गरेर सेवा विस्तार गरेको हो । २०८३ असार महिनासम्मका लागि सम्झौता गरेर विद्युत् सेवा विस्तार गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए । आवश्यकता अनुसार सम्झौता थप गर्ने समेत उनले जानकारी दिए।विद्युत् सेवा विस्तार भयसँगै गाउँपालिका केन्द्र धुला चौरमा बिजुलीबाट चल्ने मेसिनका साथै दैनिक विद्युतीय कामको लागी सहयता भएको गाउँपालिकाले जनाएको छ ।

०७८ फागुनमा कवाडी लघु जलविद्युत् परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा विद्युत् सेवाको उपभोग गरिरहेका थिए । खोलामा आएको बाढीले नहर भत्किए पश्चात् यी सबै घरधुरी सेवाबाट वञ्चित भएका थिए। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारमा समेत क्षति पु¥याएको थियो । देशकै अति दुर्गम पालिकाको रूपमा रहेको हिमाली गाउँपालिका पछिल्लो समय विकासको लयमा फर्केका छ । शिक्षा,स्वास्थ्य,यातायात,विद्युत्, सञ्चार क्षेत्रमा उल्लेख्य प्रगतिसमेत गरेको हो ।गाउँपालिकाले ‘उज्यालो हिमाली’ अभियान अन्तर्गत का दुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा बिजुली उत्पादन गरेको छ । जुन अहिले सञ्चालनमा छ । वर्षौँदेखि टुकी, झरोको सहायताले अँध्यारोमा रात कटाउँदै आएका यहाँका स्थानीयको बिजुली बाल्ने सपना क्रमिक रूपमा साकार हुँदै गएको गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । विभिन्न सहयोग निकायको समन्वयमा गाउँपालिकाका दुई चार गाउँ बस्ती बाहेक अन्य सबै बस्ती बिजुलीको पहुँचमा रहेको अध्यक्ष मल्लको भनाई छ । विगत सात महिनादेखि भने यहाँका अधिकांश बस्ती अन्धकार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद भवन अगाडि जेनजी प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास
संसद भवन अगाडि जेनजी प्रदर्शनमा प्रहरीले हान्यो अश्रुग्यास
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
एमाले महाधिवेशनमा २६१३ जना सहभागी हुने, यसरी छानिएका छन् प्रतिनिधि
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट
देशभरको मौसम आज मुख्यतया सफा रहने
देशभरको मौसम आज मुख्यतया सफा रहने
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृ*त्यु, ८७ घाइते
इजरायलमा इरानको मिसाइल आक्रमण, ८ को मृ*त्यु, ८७ घाइते
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृह मन्त्रालयले गरे २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलामा कति पुग्यो ?
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...