चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८३
|
|
६० पटक हेरिएको
Shares
चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।
  • प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ ।
  • नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ ।

 

१० मंसिर, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ ।

अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले यसअघि घोषणा गरेका ‘लिबरेसन डे’ भन्सार शुल्कलाई गैरकानुनी ठहर गरेपछि ह्वाइट हाउसले गत मार्चमा अन्य देशका व्यापारिक अभ्यासबारे अनुसन्धान सुरु गरेको थियो । त्यसै अनुसन्धानपछि नयाँ शुल्क घोषणा गरिएको हो ।

नयाँ शुल्क चीन, युरोपेली संघ, सिंगापुर, स्विट्जरल्यान्ड, इन्डोनेसिया, मलेसिया, कम्बोडिया, थाइल्यान्ड, दक्षिण कोरिया, भियतनाम, ताइवान, बंगलादेश, जापान र भारतमा लागू हुने प्रस्ताव गरिएको बीबीसीले जनाएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरले नयाँ शुल्कले अमेरिकी श्रमिकका लागि समान प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने र विश्व अर्थतन्त्रलाई थप दिगो दिशामा अघि बढाउने दाबी गरेका छन् ।

उनले अमेरिकाका व्यापारिक साझेदारहरूले दशकौँदेखि उत्पादन, ज्याला तथा श्रम व्यवस्थापनलाई लक्षित गरी अपनाएका औद्योगिक रणनीति र बजारलाई प्रभावित पार्ने अभ्यासले अमेरिकी उत्पादन आधार कमजोर बनाउँदै व्यापार सन्तुलन आफ्ना पक्षमा पार्ने गरेको आरोप लगाए ।

भन्सार शुल्क भनेको विदेशबाट आयात हुने वस्तुमा लगाइने कर हो । सामान्यतया वस्तुको मूल्यको निश्चित प्रतिशतका आधारमा यस्तो कर निर्धारण गरिन्छ र विदेशबाट सामान आयात गर्ने व्यवसायीले सरकारलाई बुझाउँछन् ।

यद्यपि, ट्रम्पले केही देशसँग सहमति गरेका शुल्क सीमाका कारण प्रस्तावित शुल्कका केही दर प्रभावकारी रूपमा कम हुन सक्नेछन् । विभिन्न देशका लागि शुल्क दर पनि फरक–फरक हुनेछन् ।

अर्थशास्त्रीहरूले भने भन्सार शुल्कले मुद्रास्फीति बढाउन सक्ने र आयात लागत बढेपछि व्यवसायीले त्यसको भार उपभोक्तामाथि सार्दा वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरूले यस्तो नीतिले विश्व व्यापारमा समेत संकुचन ल्याउन सक्ने बताएका छन् ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पटक–पटक भन्सार शुल्क लगाउने वा लगाउने चेतावनी दिँदै आएका छन् । अमेरिकी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले शुल्क नीति अघि बढाएको उनको दाबी छ ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कमजोर नतिजा हासिल गरे पनि ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई निरन्तरता दिएका छन् । अमेरिकाले अन्य देशबाट आयात गर्ने वस्तुको मूल्य र निर्यात गर्ने वस्तुको मूल्यबीचको अन्तर अर्थात् व्यापार घाटा घटाउने लक्ष्यसमेत ट्रम्पले राखेका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
जनकपुर चुरोट कारखानासहित चारवटा रुग्ण उद्योग निजीकरणको प्रक्रिया अघि बढ्यो, डीडीएका लागि तीनवटा कम्पनी छनोट
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह
एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख
एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख
कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
कांग्रेस नेता दिव्यमणिले गरे पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
केरुङमा फसेका २०३ नेपालीको १५ दिनपछि उद्धार
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
यस्तो छ आजको विदेशी मुद्राको विनिमय द‍र
यस्तो छ आजको विदेशी मुद्राको विनिमय द‍र
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
देशभर बाढी-पहिरो : कुन राजमार्गको अवस्था कस्तो? (विवरणसहित)
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते