Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

यस्तो छ आजको विदेशी मुद्राको विनिमय द‍र

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
१०९ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्राको विनिमय द‍र

सारांश

  • नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
  • निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
  • युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा तोकिएको छ ।

 

१३ वैशाख, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४० पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०४ रुपैयाँ २६ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । त्यस्तै, केन्द्रीय बैङ्कले जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा तोकेको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०७ पैसा र बिक्रीदर चार रुपैयाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७७ पैसा र बिक्रीदर २० रुपैयाँ ८६ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
मधेशमा अत्यधिक वर्षा, २४ घण्टामा रौतहटको महेशपुरमा २७० मिलिमिटर वर्षा
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
बाघको आक्रमणबाट बारामा एक वृद्धको मृ*त्यु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
सर्लाहीमा १६ क्विन्टलभन्दा बढी गाँजा बरामद
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
अन्नपूर्ण हिमाल आरोहण हिरक महोत्सवअन्तर्गतका कार्यक्रम आजदेखि
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा