काभ्रेपलाञ्चोकमा एमालेको जरा अभियान सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र ६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
काभ्रेपलाञ्चोकमा एमालेको जरा अभियान सञ्चालन

सारांश

  •       नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले गत माघ २० गतेदेखि तीन महिने वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ ।
  • अभियान सुरुआतको चरणमा नेता, कार्यकर्तालाई बनेपामा भेला गराई अभिमुखीकरण कार्यक्रमपछि कार्यविभाजनमार्फत वडा–वडामा खटाइएको थियो ।
  • अभियान विशेष गरी ‘पुराना जगाऊ, नयाँ बढाऊ’मा केन्द्रित रहेको जिल्ला कमिटीले जनाएको छ ।

६ चैत, काभ्रेपलाञ्चोक ।     

नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले गत माघ २० गतेदेखि तीन महिने वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ । अभियान सुरुआतको चरणमा नेता, कार्यकर्तालाई बनेपामा भेला गराई अभिमुखीकरण कार्यक्रमपछि कार्यविभाजनमार्फत वडा–वडामा खटाइएको थियो । अभियान विशेष गरी ‘पुराना जगाऊ, नयाँ बढाऊ’मा केन्द्रित रहेको जिल्ला कमिटीले जनाएको छ ।

कमिटीका अनुसार पार्टीको चौँथो पूर्णबैठकले जरा अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै केन्द्रीय तथा जिल्लास्तरका नेता, कार्यकर्ताले अभियानको नेतृत्व गरिरहेका छन् । अभियानअन्तर्गत पचासभन्दा बढी वडामा अधिवेशन, टोल कमिटी गठनलगायत सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेका पार्टीका जिल्ला अध्यक्ष राजन भुर्तेलले बताउनुभयो । उहाँका अनुसार यही चैतभित्र आगामी २०८२ सालसम्मको सङ्गठित सदस्य नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने कार्यक्रम तय भएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले स्थानीयस्तरमा पार्टीका नेता तथा कार्यकर्तालाई पुनःजागरण गराउँदै नयाँ सदस्यता बढाउनेतर्फ अभियान केन्द्रित रहेको बताउनुभयो । “एमालेले जिल्लाको समृद्धिको स्पष्ट खाका तयार गरेको छ र सोही अनुसार बजेट विनियोजनमा निरन्तर लागिएकाले नागरिकको पक्षमा जनप्रतिनिधि थप केन्द्रित रहन आग्रहसमेत गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ अन्तर्गत सञ्चालित अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, जनसङ्गठनको कमिटी बनाउने, युवालाई आकर्षित गर्न विभिन्न प्रतियोगिता आयोजना गर्ने, सरकारको समृद्धिको अभियानलाई सफल बनाउन एजेण्डा बनाएर सम्बन्धित निकायलाई दबाब दिने, लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नेलाई सम्मानलगायत कार्यक्रम गरिएको जिल्ला इन्चार्ज बाँस्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अभियान आगामी वैशाख १५ गतेसम्म जिल्लाका १३ स्थानीय तहका एक सय ३५ वटै वडामा सञ्चालन हुनेछ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
प्रधानमन्त्रीलाई गगनको सुझाव : मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
सप्तरीका पत्रकार यादवमाथि छुरा प्रहार
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दर्शनार्थी चढेको भ्यान म्याग्दीमा दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ
मानव बेचबिखनमा संलग्न ४ जना पक्राउ
सुनसरीबाट निषेधित औषधी सहित १ जना पक्राउ
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१