भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र १५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने

सारांश

  • यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १६ घण्टासम्म आयात हुने जनाएको हो ।
  • प्राधिकरणका अनुसार नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको हो ।
  • बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बिजुली आयात भइरहेकोमा अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात हुने प्राधिकरणले जनाएको छ ।

१५ चैत,  काठमाण्डौ

नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप ४ घण्टा बिजुली आयात हुने जनाएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले आजदेखि १६ घण्टासम्म आयात हुने जनाएको हो । प्राधिकरणका अनुसार नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप्न सहमत भएको हो ।

बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बिजुली आयात भइरहेकोमा अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ढल्केबर–मुजफ्फरपुरबाट ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी ६५४ मेगावाट बिजुली आयात हुनेछ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ । चैत ३ यता प्राधिकरणले भारतबाट दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ । अब भारतबाट आयात बढेपछि उद्योगहरुमा भइरहेको लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ । अहिले उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
तुलसीलाल स्मृति भवनबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद साहको माग
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर
बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
     काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन 
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
पहिरोले कर्णाली राजमार्गको ६ ठाउँ अवरुद्ध, यात्रु अलपत्र
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति
देशभरका २१ वटा मालपोत कार्यालयमा क्षति