सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३० पटक हेरिएको
Shares
सिरहा भन्सार कार्यालयले उठायो लक्ष्यभन्दा बढी राजस्व

सारांश

  •   सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ ।
  •  कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार राजस्व संकलन भइसकेको छ, जुन चालु आर्थिक वर्षको कुल लक्ष्य १२ करोड १२ लाख ९२ हजारभन्दा एक करोड ६२ लाख ८९ हजार रुपैयाँ बढी हो ।
  • भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मंसिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो ।

२१ असार, सिरहा । 

सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयका अनुसार असार महिनाबाहेक नै १३ करोड ७५ लाख ८१ हजार राजस्व संकलन भइसकेको छ, जुन चालु आर्थिक वर्षको कुल लक्ष्य १२ करोड १२ लाख ९२ हजारभन्दा एक करोड ६२ लाख ८९ हजार रुपैयाँ बढी हो ।

भन्सार प्रमुख तोयानाथ सापकोटाका अनुसार मंसिरबाहेक सबै महिनामा राजस्व लक्ष्यभन्दा बढी उठाइएको हो । उनले भने, ‘मंसिरमा मात्र ९४ प्रतिशत राजस्व संकलन भएको थियो । बाँकी सबै महिनामा लक्ष्यभन्दा बढी संकलन भएको छ ।’ उनका अनुसार, अहिलेसम्मको समग्र राजस्व संकलन लक्ष्यको ११३ प्रतिशत पुगेको छ । सापकोटाले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा लक्ष्यभन्दा बढी राजस्व उठ्ने प्रक्षेपण गर्दै आर्थिक वर्ष सकिँदासम्म १५ प्रतिशत बढी राजस्व संकलन हुने विश्वास व्यक्त गरे ।

राजस्व संकलनमा सफलता हासिल गर्दा पनि माडर भन्सारमा लामो समयदेखि छलफलमा रहेको ‘प्लान्ट क्वारेन्टाइन’ सेवा स्थापनामा भने अझै ठोस कार्यान्वयनको चरणमा पुगेको छैन ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सम्बन्धित विभागले सेवा स्थापनाको आवश्यकता बारम्बार औँल्याउँदै आएका छन् । तर,  प्रक्रियागत ढिलाइका कारण योजना अलपत्र छ । सापकोटाका अनुसार माडरमा प्लान्ट क्वारेन्टाइन सेवा स्थापना गरिएमा माडर, ठाडी र राजविराज गरी तीनवटा भन्सार कार्यालयलाई सेवा दिइनेछ । यी सबै नाका हुलाकी राजमार्गमार्फत माडरसँग सिधा जोडिएका छन्, जसले समन्वय र ढुवानी प्रक्रियालाई सहज बनाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
सीसीटीभी फुटेजका आधारमा लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
घरजग्गा कारोबारः गत पुसमा ४ अर्ब २५ करोड राजश्व संकलन
कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा
कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
९ अर्ब चार करोडको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु
काठमाडौंको बालाजुमा १६ महिने बालकको डुबेर मृत्यु
आज भूकम्प स्मृति दिवस मनाइँदै
आज भूकम्प स्मृति दिवस मनाइँदै
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै