Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा

सारांश

  • नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेलाई गराइएको छ ।
  • जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।
  • उनलाई गएराति काठमाण्डौ कपनमा रहेको निवासबाटै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

१४ वैशाख, काठमाण्डौ ।

नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेलाई गराइएको छ । जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो । उनलाई गएराति काठमाण्डौ कपनमा रहेको निवासबाटै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले राईलाई घरबाटै पक्राउ गरेको बताउनुभयो । उनी स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । पक्राउ परेकी राईमाथि कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुनेछ । राईविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन आरोपमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले एक अर्ब १९ करोड रुपैयाँभन्दा धेरै ठगी भएको भन्दै जाहेरी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?