सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
४५ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंका ८ समर्थकलाई कर्तव्य ज्यान मुद्दा

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ ।
  • आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो ।
  • प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।

 

२२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रकमा आगजनी गरेका उनका आठ जना समर्थकलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा समेत कारबाही अघि बढाएको छ ।

आगजनी भएको एक ट्रक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको हो । प्रहरीका अनुसार झापाको हल्दीबारी–१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी–१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका–६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका– ९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।

यही असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्ल्यूबी ७३ ई ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

गिरीबन्धु टी इस्टेट नजिक आगजनी गरिएको ट्रक चालक पोदो रायको भारतमा उपचारको क्रममा यही असोज १९ गते मृत्यु भएको छ । उनको उपचार भारतस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा भइरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
तीनकुने घटनामा पक्राउ परेका थप १२ जना रिहा
टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक
मोदीले गरे शीर्ष सुरक्षा र सैन्य अधिकारीसँग उच्चस्तरीय बैठक
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु
निजामती विधेयकको प्रतिवेदन तयार
निजामती विधेयकको प्रतिवेदन तयार
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो