Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
४३ पटक हेरिएको
Shares
बीपी राजमार्गमा थप १ महिना यात्रुवाहक सवारी चलाउन रोक

सारांश

  • बीपी राजमार्गमा थप १ महिना राति यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ ।
  • यसअघि गत असार ७ गते देखि लागू हुनेगरी साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि राति यात्रुवाहक सवारी सञ्चालनमा रोकि लगाइएको थियो ।
  • बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुलीका सीडीओ कार्यालयले थप १ महिना राति सवारी आवागमन रोक लगाउने विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

२० असार, काभ्रेपलाञ्चोक ।

बीपी राजमार्गमा थप १ महिना राति यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ । यसअघि गत असार ७ गते देखि लागू हुनेगरी साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म १५ दिनका लागि राति यात्रुवाहक सवारी सञ्चालनमा रोकि लगाइएको थियो । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुलीका सीडीओ कार्यालयले थप १ महिना राति सवारी आवागमन रोक लगाउने विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले आगामी असार २२ गते देखि लागू हुनेगरी १ महिना राजमार्ग रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए । उनका अनुसार, हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् (बाढी, पहिरो) को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद् जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि यस्तो निर्णय गरिएको हो । बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई असार २२ गते साँझ ०६:३० बजेदेखि विहान ०५:०० बजे सम्म १ महिनाको लागि निषेध गरिएको हो ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक सूचना प्रकाशित गर्दै थप ३० दिन रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको जानकारी गराएको छ । प्रशासकीय अधिकृत प्रविण कटुवालले जारी गरेको विज्ञप्तिमा मनसुन सक्रिय नै रहकोले सार्वजनिक तथा निजी सवारी साधनलाई असार २१ गते साँझ ०६:३० बजेदेखि विहान ०५:०० बजे सम्म १ महिनाको लागि निषेध गरिएको उल्लेख छ । यसअघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा बसेको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै १५ दिनको लागि बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
कर्मचारीहरूको जरिवाना बापतको रकम संकलन गर्न राष्ट्र बैंकको निर्देशन
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल
मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
रवि लामिछानेको चितवनमा बयान जारी, आजै सकाउने प्रयास
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
कामको चेक लिस्ट तयार गर्न मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारे : प्रधानमन्त्री ओली
बुटवल–नारायणगढ सडक अवरुद्ध
बुटवल–नारायणगढ सडक अवरुद्ध
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला
 खोटाङको जङ्गलमा युवक–युवती मृत फेला