Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
अझै सञ्चालनमा आएन मेची राजमार्गको वैकल्पिक मार्ग

सारांश

  • मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पको रूपमा तयार गरिएको तिल्केनी–सिमलगोला सडक अझै सञ्चालनमा आएको छैन।
  • दश दिन बितिसक्दा पनि वैकल्पिक सडक सञ्चालन हुन नसक्दा यात्रु र यातायात व्यवसायीहरूलाई सास्ती परेको छ।
  • सडकखण्डअन्तर्गत माइजोगमाई–४ नामसालिङ र इलाम–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर साना सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ।

 २८ असोज, इलाम।

मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पको रूपमा तयार गरिएको तिल्केनी–सिमलगोला सडक अझै सञ्चालनमा आएको छैन। दश दिन बितिसक्दा पनि वैकल्पिक सडक सञ्चालन हुन नसक्दा यात्रु र यातायात व्यवसायीहरूलाई सास्ती परेको छ। सडकखण्डअन्तर्गत माइजोगमाई–४ नामसालिङ र इलाम–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी डाइभर्सन निर्माण गरेर साना सवारी सञ्चालन गर्ने प्रयास भइरहेको छ। तर खोलामा पानीको बहाव उच्च रहनु र आवश्यक ह्युमपाइपको अभावले तत्काल सञ्चालनमा ल्याउन सकिएको छैन, सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार पाँचथरबाट ह्युमपाइप मङ्गलबारसम्म आइपुग्ने व्यवस्था छ र हाल चारवटा स्काभेटर परिचालन गरी डाइभर्सन निर्माणको काम भइरहेको छ। जिल्ला प्रशासन कार्यालय इलामले स्थलगत निरीक्षणपछि वैकल्पिक सडक सञ्चालन गर्ने निर्णय गरेको थियो। प्रजिअ नेपालका अनुसार प्राविधिक पक्षले सडक डिभिजनमार्फत काम गरिरहेको छ र प्रशासन समन्वयमा छ। गत असोज १८ गतेको बाढीले बेलीब्रिज बगाएपछि इलाम–राजदुवाली सडक अवरुद्ध भएको हो। वैकल्पिक सडकको रूपमा तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने मार्ग प्रमुख विकल्प मानिएको छ। आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्गमा साना सवारी सञ्चालनमा आएका छन्। ठूला र मालवाहक सवारीको लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान हुन सकेको छैन। तीब्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ रहेको छ। वर्षासँगै आएको पहिरोले विगत १० दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद भएको छ। अवरुद्ध सडकका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या देखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न ज्ञापनपत्र
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादबारे सर्वोच्चमा आज सुनुवाइ
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ
बारामा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ
बारामा क्याम्पस प्रमुखको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
तेहरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू