Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ४, २०८०
|
|
५४ पटक हेरिएको
Shares
बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराउँदा नगरपालिकाले ५ हजार दिने

सारांश

  • नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ ।
  • बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउन थालिएको हो ।
  • वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।

४ फागुन, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ ।

बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु पाँच हजार बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।उनका अनुसार चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ ।

‘बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन शुरू गरेका हौं’, वडाध्यक्ष न्यौपानेले भने, ‘जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौं ।’ वडा नं ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्यता धेरै छ । अहिले जन्मिएका बच्चा वयस्क हुँदाका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ । वडा कार्यालय र सम्बन्धित अभिभावकबाट अहिले रु पाँच हजारका दरमा बैंक खातामा रकम जम्मा हुने भए पनि निकाल्ने समयमा त्यसको सात/आठगुणा बढी पुग्ने जानकारी पाएको उनले बताए ।

‘वडा कार्यालयले बच्चाको सम्मानमा नगद जम्मा गर्ने कार्यक्रम ल्याएपछि अभिभावकले बच्चा जन्मेको ३५ दिन पूरा नहुँदै जन्मदर्ता गराउन थालेका छन्, बच्चाको जन्मदर्ता र बैंक खाता खोलेर आ-आफ्नो दायित्वको रकम दाखिला गर्ने अभियानमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुने विश्वास छ’, उनले भने ।​ उक्तबापतको लाग्ने बजेट वडा कार्यालयले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
लागूऔषध चरेशसहित एक जना पक्राउ
लागूऔषध चरेशसहित एक जना पक्राउ
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
शहरी विकासमन्त्रालयमा प्रकाशमानका वर्ष दिनः ९७ वटा स्वास्थ्य भवन निर्माण, २७८ किमि ग्रामिण र ६१८ किमि शहरी सडक कालोपत्रे
गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट
सल्यानको श्रीनगर महोत्सवस्थलमा भएको आगलागीले ८० स्टलको समान पूर्णरुपमा नष्ट