कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
४० पटक हेरिएको
Shares
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक

सारांश

  • कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमिततामा आफ्नो संलग्नता नरहेको भन्दै छविलाल जोशीले बयान दिएका छन् ।
  • तर, उनले उनले स्वर्णलक्ष्मी सहकारीबाट १८ कात्तिक २०७६ मा २ करोड रुपैयाँ चेकबाट लिएको प्रहरीले फेला पारेको छ ।
  • रवि लामिछाने, जोशी, जिबी राईसहित ३९ जनाविरुद्ध अदालतमा दायर अभियोग पत्रमा भनिएको छ, ‘जोशीले सहकारी र गोरखा मिडियामा आफूले कुनै कारोबार नगरेको भनी इन्कारी बयान दिएता पनि निजले सहकारीबाट दुई करोड रकम चेकबाट लिइ मिति २२ कात्तिक २०७६ मा नविन बैंकमा रहेको निजै प्रतिवादीको व्यक्तिगत खाताबाट रकम फिर्ता गरेको देखिन्छ ।

 

२१ पुस, काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमिततामा आफ्नो संलग्नता नरहेको भन्दै छविलाल जोशीले बयान दिएका छन् ।

तर, उनले उनले स्वर्णलक्ष्मी सहकारीबाट १८ कात्तिक २०७६ मा २ करोड रुपैयाँ चेकबाट लिएको प्रहरीले फेला पारेको छ । रवि लामिछाने, जोशी, जिबी राईसहित ३९ जनाविरुद्ध अदालतमा दायर अभियोग पत्रमा भनिएको छ, ‘जोशीले सहकारी र गोरखा मिडियामा आफूले कुनै कारोबार नगरेको भनी इन्कारी बयान दिएता पनि निजले सहकारीबाट दुई करोड रकम चेकबाट लिइ मिति २२ कात्तिक २०७६ मा नविन बैंकमा रहेको निजै प्रतिवादीको व्यक्तिगत खाताबाट रकम फिर्ता गरेको देखिन्छ ।’

जोशीले गोर्खा मिडिया नेटवर्क प्रा.लि.को दुईवटा चेकमा हस्ताक्षर गरेर लामिछानेकी श्रीमती निकिता पौडेललाई ४४ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको पनि उल्लेख छ । जीबीले उनको व्यक्तिगत स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रहेको खाताको चेकबाट जोशीलाई १ करोड ७५ लाख रुपैयाँ दिएकोमा जोशीले आफ्नो नबिल बैंकको खातामा जम्मा गरेर भुक्तानी लिएको समेत भनिएको छ ।

यसरी जोशी समेतले बचतकर्ताको रकम अनधिकृत रुपमा आफ्नो व्यक्तिगत फाइदाका लागि संगठित रुपमा ठगी गर्ने कार्यका लागि खडा गरेको गोरखा मिडिया नेटवर्क समेतका कम्पनीहरुमा लगानी गरेको जस्तो देखाइ स्वर्णलक्ष्मी सहकारी र जाहेरवाला समेतको बचत रकम हिनामिना गरी संगठित रुपमा ठगी गरेको हालसम्मको अनुसन्धानबाट देखिएको छ’, अभियोग पत्रमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?