संसद् भवनमा विपक्षी दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
संसद् भवनमा विपक्षी दलको बैठक

सारांश

  • संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ ।
  • नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो ।
  • प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा जुटेका हुन् ।

१४ जेठ, काठमाडौं ।

संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतको बैठक बसिरहेको हो । प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा जुटेका हुन् । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठक बसिरहेको जानकारी गराए ।

हिजो संसद् बैठक बस्न नसकेपछि बुधबार बिहान विपक्षी दलहरूको छलफल गर्ने नेताहरूले जानकारी गराएका थिए । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै हिजो विपक्षी दलले संसद् बैठक चल्न दिएका थिएनन् । रास्वपाले गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको छ भने राप्रपाले छानबिन समितिको माग गरेको छ । भिजिट भिसा प्रकरणमा विपक्षीमा रहेका माओवादी केन्द्र र राप्रपा लचिलो देखिने संकेत पाएको सत्ता पक्षका एक नेताले जानकारी गराए । ‘१५ वैशाखमा बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । बजेट ल्याउन उहाँहरूले नदिएर के गर्नुहुन्छ त ?’ ती नेताले भने, ‘नियमित प्रक्रियाबाट बजेट आउँछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता
त्रिशूलीमा यात्रुसहितको गाडी बेपत्ता
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी
आरुपाटा पहिरो: ३ घाइतेलाई हेलिकप्टरमा काठमाडौँ पठाइयो, ४ बेपत्ताको खोजी जारी
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सर्वोच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस
सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज
सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
भारतबाट आजदेखि १६ घण्टासम्म बिजुली आयात हुने
मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण
मधेस प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण