Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
४१ पटक हेरिएको
Shares
मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान

सारांश

  •   तीन महिनादेखि तलब खान नपाएका कर्मचारीहरूको जोडबलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय छिराएपछि विवादले नयाँ रुप लिएको हो।
  • काठमाडौं टावरको भवन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित गुरागाईंको कार्यक्षकमा करिब ४ महिनाअघि मेयर बालेन्द्र साहले ताला लगाउन लगाएका थिए ।
  • त्यसपछि संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निलम्बन गरिएको भन्दै बालेन्द्रले काममा रोक लगाउका थिए ।

 

२१ चैत, काठमाडौं-

काठमाडौं महानगरपालिकाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ।  तीन महिनादेखि तलब खान नपाएका कर्मचारीहरूको जोडबलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय छिराएपछि विवादले नयाँ रुप लिएको हो। काठमाडौं टावरको भवन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित गुरागाईंको कार्यक्षकमा करिब ४ महिनाअघि मेयर बालेन्द्र साहले ताला लगाउन लगाएका थिए ।

त्यसपछि संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निलम्बन गरिएको भन्दै बालेन्द्रले काममा रोक लगाउका थिए । काममा रोक लगाएपछि बालेन्द्र र संघीय सरकारबीच द्वन्द्व चर्किरहँदा कर्मचारीले तलब खान नपाएको तीन महिना भइसकेको छ। यस्तो अवस्थामा बिहीबार कर्मचारी र वडाध्यक्षहरूको जोडबलमा गुरागाईंलाई कार्यालय छिराइएको हो । यद्यपि उनले आफ्नो कार्यकक्षमा छिर्न पाएका छैनन् । मेयर बालेन्द्र साहको सचिवालयले लगाइदिएको ताला खोलिएको छैन । ढोकाको शिशा फुटाइए पनि मेयर बालेन्द्र ताला लगेपछि गुरागाईं अहिले कार्यापालिका सदस्यहरूको कार्यकक्षमा छन् ।

त्यहाँ अहिले कार्यपालिका सदस्यहरूको बैठक बसिरहेको छ । तर एकजना कार्यपालिका सदस्यका अनुसार कुनै निर्णय भएको छैन कार्यपालिका सदस्य र उपमेयर सुनिता डंगोलले गुरागाईंको कार्यकक्षमा लगाइएको ताला खोल्न नगर प्रहरी प्रमुख राजु पाण्डेलाई भने पनि उनले अटेर गरेका छन् । उक्त ताला खोल्न मेयरको आदेश चाहिने भन्दै उनले ताला खोल्न नमानेका हुन् । ‘मेयरको आदेश नआएसम्म ताला खोल्न मिल्दै’, उनले भने । कार्यपालिका बैठक सबे पनि आधिकारिक कुनै निर्णय नगरेको ती कार्यपालिका सदस्यले खबरहबलाई बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
निष्पक्ष निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक छ : प्रधानमन्त्री कार्की
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
सुनसरीको गलैँचा उद्योगमा आगलागी, करोडौँको क्षति
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
रुवी कुमारीद्वारा दाइजो र बेरोजगारीको मुद्दामा ध्यानाकर्षण
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते