बालेनको पोष्ट फेसबुकले हटाइदियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
बालेनको पोष्ट फेसबुकले हटाइदियो

सारांश

  • धेरै मानिसले रिपोर्ट गरेपछि मेटाले बालेनको पेजबाट स्टाटस हटाइदिएको हो।
  • धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि यस्तो भएको हो।
  • मेयर शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहितको स्ट्याटस राखेका थिए।

१८ भदौ , काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको एउटा पोष्ट फेसबुकले हटाइदिएको छ।धेरै मानिसले रिपोर्ट गरेपछि मेटाले बालेनको पेजबाट स्टाटस हटाइदिएको हो।धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि यस्तो भएको हो। मेयर शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटोसहितको स्ट्याटस राखेका थिए। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनअदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ। सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू,सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?,’ उनको स्ट्याटसमा उल्लेख थियो। मेयर बालेनले उक्त स्ट्याटस माइक्रो ब्लगिङ साइट एक्समा पनि राखेका थिए। त्यहाँ भने अहिले पनि यो पोष्ट हेर्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
जेन‍-जी आन्दोलनमा मृ*त्यु भएका ७६ मध्ये २२ प्रदर्शनकारी: नेपाली सेना
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
बाढीले बागमती खोलाको डाइभर्सन बगायो, कान्ति लोकपथ अवरुद्ध
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि
सीडीओ र एसपीविरुद्ध आन्दोलन गर्दै हेटौंडाका जनप्रतिनिधि
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
सप्तरीमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतारौँः राष्ट्रपति
परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता
तातोपानी र रसुवागढी नाका ठप्प, थप  खोल्न माग
तातोपानी र रसुवागढी नाका ठप्प, थप खोल्न माग