अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना

सारांश

  • डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पार्नुभएको छ ।
  • काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताउनुभएको हो ।
  • ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन ।

११ साउन, काठमाडौं ।

डेपुटी गभर्नर निलम ढुंगानाले नयाँ बैंकको लाइसेन्स अहिले नै बाँड्न सक्ने अवस्था नरहेको प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रममा ढुंगानाले नयाँ बैंक स्थापनाबारे चर्चा भएपनि अहिले नै लाइसेन्स बाँड्नसक्ने स्थिति नरहेको बताउनुभएको हो । ढुंगानाकाअनुसार बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा भयो भन्न थालेको अहिले धेरै भएको छैन । कतिपय बैंकहरुमा समस्या भएका कारण अरुमा मर्ज गरिएको धेरै भएको छैन । मर्ज गर्ने स्थिति आएर मर्ज गर्नुप-यो । कतिवटा बैंकहरु उपयुक्त हुन्छ भन्ने सन्दर्भमा राष्ट्र बैंकले अध्ययन समेत गरेको थियो ।

२ वर्षअघि एउटा अध्ययन गरेर बैंकहरुको संख्या निर्धारण गर्ने अहिले त्यसैलाई मिचेर नयाँ लाइसेन्स दिने कुरा सम्भव नहुने ढुंगानाले बताउनु भयो ।ढुंगानाकाअनुसार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नियमन तथा आवश्यक अन्य प्रावधानमार्फत बैंकिङ क्षेत्रमा स्थायित्व कायम राख्न निरन्तरण प्रयासरत छ । बैंंक तथा वित्तीय संस्थाहरुको वर्तमान स्थिति र परिदृश्यलाई नेपाल राष्ट्र बैंकले राम्रोसँग निहालिरहेको छ । बैंकिङ प्रणालीमा भएको विस्तार र आधुनिकीकरण, वित्तीय पहुँचमा भएको विस्तार, भुक्तानी प्रणालीमा भएको आधुनिकीकरण, वित्तीय सेवाको विविधिकरण र गुणस्तरमा सुधार र स्वतन्त्र पुँजी वृद्धिको प्रभावकारी कार्यान्वयनमार्फत समग्र आर्थिक स्थायित्व कायम गर्दै आउनु उपलव्धिका विषयहरु रहेको उहाँले बताउनु भयो ।

डेपुटी गभर्नर ढुंगानाले भन्नुभयो– ‘२ वर्षअघि १५–१८ को हाराहारीमा बैंकहरु हुनुपर्छ भनेर राष्ट्र बैंकले नै रिपोर्ट निकालेका थियौं । अब होइन होइन । अब फेरि नयाँ खुलाउनुपर्छ भन्दै धमाधम नयाँ ल्याउन दिने कुरा हुँदैन । हामीले अध्ययन नगरी, कुनै आधार नभई कुनैपनि कुरामा ह्वात्तै अघि बढ्न सक्दैनौं । डिजिटल बैंकको सन्दर्भमा छुट्टै प्रकृतिको आवश्यक हो भने अध्ययन गरेर संस्थाहरु खुलाउनु पर्छ । बजेटमा पनि आएको छ । यसमा हामी पोजेटिभ नै छौं । सबैकुरालाई हेरेर मात्रै निर्णय लिनुपर्छ ।’ कोभिड र त्यसपश्यात विश्व अर्थतन्त्रमा देखा परेका विभिन्न असरहरुका कारण केही वर्षयता अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको बताउँदै अर्थतन्त्रका सूचकहरु गत वर्ष संकुचनमा रहेपनि अहिले भने विस्तारै सुधारोन्मुख रहेको डेपुटी गभर्नर ढुंगानाले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
उदयपुरमा फागुनमै सुक्न थाले ट्युबबेल, पानीको समस्या
उदयपुरमा फागुनमै सुक्न थाले ट्युबबेल, पानीको समस्या
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
धनुषाको हिरासत फोडेर फरार ९ थुनुवामध्ये ७ पक्राउ
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
विद्यालय शिक्षा विधेयक संशोधनका लागि नेसनल प्याब्सनको लिखित सुझाव
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
कालीगण्डकी कोरिडोर पुन: अवरुद्ध
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री
समझदारीबाटै ईपीजी प्रतिवेदन बुझ्ने पहल भइरहेको छ : प्रधानमन्त्री