प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२६ पटक हेरिएको
Shares
प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार

सारांश

  • प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् ।
  • उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् ।
  • एमालेका नेता/कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ ।

११ असार, काठमाडौं ।

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् । एमालेका नेता/कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ । सोही अनुसार प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन् ।

‘प्रधानमन्त्री भए बापत उहाँले मासिक २५ हजारका दरले लेबी बुझाउनुभयो,’ केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले भने । साथै, उनले पार्टीको सदस्यता शुल्क पनि बुझाएका छन् । एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क उठाउँदै आएको छ । सोही अनुसार, अध्यक्ष ओलीले पनि बुधबार पार्टी सदस्यता र लेबी तिरेको उनको सचिवालयले जनाएको छ । जस अनुसार उनले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ
​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
भौतिक पुनःनिर्माण मात्रै होइन आर्थिक पुनरुत्थान आवश्यक छ : ज्ञवाली
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
अब ‘अपरेसन सिन्दूर’ भारतको ‘न्यु नर्मल’: मोदी
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे