अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
अरु कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ

सारांश

  • ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् ।
  • आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै  देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन् ।
  • ‘म कसैबाट चलेको मान्छे होइन ।

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्र्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपाल संकटमा रहेको भन्दै  देश जोगाउनु पर्छ भनेर लागेकाले यदि देश बचाउने जिम्मा अरु कसैले लिन्छ भने आफु देश छोड्न तयार रहेको बताएका हुन् ।

‘म कसैबाट चलेको मान्छे होइन । म नेपालबाट नेपाली जोगाउन मैले आफुनो क्षमताले भ्याए सम्म मैले् पहिले पनि गरिरहेको थिए । मैले आज नेपाल संकटमा छ मैले जोगाउनु पर्छ भनेर म लागेको छु । तपाईहरुले यो देश छोडेर जा भन्नु हुन्छ भने पनि म जान्छु । यो देश कसैले बनाउँछ भने म जान तयार छु । तर नेपाल बचाइदियोस्, विदेशबाट नेपालीलाई र्फकाईदियोस् । र्फकिने वातावरण बनोस्,’ उनले भने ।

त्यस्तै उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।

‘ल हिजो जे भयो–भयो, आफैंले बाटो बिर्सियौं । सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउँ, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं,’ उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
भागिरहेका थुनुवालाई समात्न खोज्दा भिरबाट लडेका प्रहरीको मृत्यु
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
सीमाको समस्या समाधानका लागि स्थलगत अध्ययन आवश्यक : गृहमन्त्री गुरुङ
सीमाको समस्या समाधानका लागि स्थलगत अध्ययन आवश्यक : गृहमन्त्री गुरुङ
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव थापा नियुक्त