एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
सारांश
- बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान सुरु भएको छ ।
- सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीयतहमा १६ दिने लैङगीक हिंसा बिरुद्धको अभियान सुरु भएको हो ।
- तर सुनसरी दुहबी नगरपालिका–३ का रमेश यादवले आफ्नै छोरीलाई खोजी गरिदिनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको सृजना भएको छ ।
इनरुवा । बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीयतहमा १६ दिने लैङगीक हिंसा बिरुद्धको अभियान सुरु भएको हो । तर सुनसरी दुहबी नगरपालिका–३ का रमेश यादवले आफ्नै छोरीलाई खोजी गरिदिनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको सृजना भएको छ ।
छोरी दुहबी –९ का अन्दाजी १७ वर्षीय फयाज हुसेनले गत कात्तिक ७ गते भगाएर लगेको आरोप लगाउदै खोजी गरिदिनका लागि आग्रह गरेको भएपनि सुनवाई नगरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय दुहबीमा टाइर बालेर बिरोध प्रदर्शन गरेका छन् ।
घटनाको भोलिपल्टै अर्थात् कात्तिक ८ गते आरोपितको हुलिया सहित इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिएको भएपनि एक महिनादेखि बेपत्ता रहेकी छोरीको खोजी तथा घटनामा संलग्न भनिएका व्यक्ति माथि कारबाहीको माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि टायर बालेर विरोध गर्नुका साथै कोशी राजमार्ग समेत केही बेर चक्काजाम गरेका थिए ।
छोरी बेपत्ता भएको एक महिना भएपनि न्याय नपाएको र आरोपित व्यक्ति पक्राउ नपरेको भन्दै परिवार तथा स्थानीयवासी आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् ।
यता सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्ले दुबै जना बीच प्रेम सम्बन्ध रहेको र प्रेममा परेर भागेको बताएका छन् । केही दिन अगाडि मात्र एक पटक केटा र केटी दुबैलाई परिवारको जिम्ममा लगाएको भएपनि पुनः भागेको प्रहरी उपरीक्षक मल्लले बताए । केटा र केटीको खोजी कार्य जारी रहेको बताउदै छिट्टै दुबै जनालाई कानुनी दायरामा ल्याउने उनले प्रतिक्रिया दिए ।
प्रतिक्रिया