Press 4K
शनिबार, ९ श्रावण २०८३

२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २९, २०८२
|
|
३१ पटक हेरिएको
Shares
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने

सारांश

  • २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ ।
  • जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ ।
  • महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ ।

 

जनकपुर । २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गत्तेसम्म हुने भएको छ । जनकपुरधाममा सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ ।

महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ । यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन रहेको छ । त्यस्तै सडकमै खाऔं भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरुको प्रत्यक्ष स्वाद लिन पाईने व्यवस्था महोत्सवमा रहेको छ ।

यसका साथै महोत्सवमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको लाईभ कन्सर्ट, मौलिक लोकदेक दोहोरी गीत प्रस्तुती पनि हुने आयोजक संस्था रेबानले जानकारी दिएको छ । त्यस्तै, फेवा तालमा बोट रेस, रस्सा कस्सी र पर्यटकहरुका लागि लक्षित विशेष खेलहरु पनि महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको छ ।

साथै पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरुसंग टक शो, पोखराको सौन्दर्य झल्काउने वृतचित्र प्रदर्शन र फोटो प्रदर्शनी पनि आयोजना हुने रेबानले जनाएको छ । रेबानले जनकपुरवासीका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई यस महोत्सवमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...